काठमाडौँ । कलाकार बाँचे मात्रै गीत संगीत कला संस्कृति संरक्षण सम्बर्द्धन र उत्थान गर्न सकिन्छ ।
काँठ क्षेत्रका एक धरोहर राष्ट्रिय संगीतकर्मी संघका पूर्व केन्द्रीय अध्यक्ष समाजसेवी चर्चित लोक दोहोरी गायक तथा सर्जक रेशम थापा अस्वस्थ भई अस्पताल भर्ना हुनु भएको छ । शनिबार जोरपाटीस्थित आफ्नै निवासमा अचानक ढल्नु भएका थापाको मस्तिष्कको नशामा असर पुगेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
भुइँमा ढलेपछि शरीरको आधा भाग नचल्ने अवस्था भएपछि उनको अहिले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालले जानकारी दिएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघका संस्थापक अध्यक्षसमेत रहेका थापाको उपचारका लागि सहयोगका लागि संघको केन्द्रीय कार्यसमितिले अपिलसमेत गरेको छ ।संघले विज्ञप्ति नै जारी गर्दै लोक तथा दोहोरी गायक सर्जक संगीतकर्मी थापाको उपचारका लागि सहयोगार्थ अपिल समेत गरेको छ ।
‘उपचारका लागि ठूलो धनराशि खर्च हुने भएकाले उहाँको आर्थिक आवस्था पनि निकै कमजोर रहेकोले उहाँलाई बचाउन तपाइँ हाम्रो सानो सहयोगले गायक रेशम थापालाई नयाँ जीवन दिलाउन सकिन्छ भन्ने आशासहित उपचारको लागि देश तथा विदेशमा रहनु भएका सम्पूर्ण भगवान रुपी मनहरुलाई राष्ट्रिय संगीतकर्मी संघमा रहेको बैंक खाता नं “०५०००००२४८८९५२४” ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरी आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ! संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।