Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थुनामा भएकाहरूको बयान आजबाट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ११ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा दायर भएको र थुनामा रहेकाहरुको आजबाट बयान शुरु हुँदैछ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले हिजो आइतबार २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको थियो । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना अहिले थुनामा छन् । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएकोमा संगठित अपराध कसुरमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले सरकारी कागजात किर्तेमा मुद्धा दायर गरेको हो । मुद्धा दायर गरिएकाहरुमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जना रहेका छन् ।

प्रहरीले बुझाएको प्रतिवेदनमा वहालवाला सञ्चार सचिव राउतलाई मुद्दा नचलाउन राय दिएकोमा सरकारी वकिलको कार्यालयले भने मुद्धा दायर गरेको छ । मुद्धामा ५२ जनाबाट जग्गा जफत गर्न माग दाबी गरिएको छ । हाइ प्रोफाइल व्यक्तिसमेत जोडिएको उक्त प्रकरणमा मुद्दा दर्तापछि अदालतमा हुने बयानका लागि कम्तिमा एक साता लाग्ने बताइएको छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सीआईबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई तथा पूर्व मुख्यसचिव लीलामणि पौडेललाई भने मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४