Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिको सभापतिलाई लिएर कांग्रेसमा किचलो, शेखर–गगन समूहले दिएन नाम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १० २०८०
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ ।

सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन, संसदीय सुनुवाई, अर्थ, कृषि सहकारी तथा प्राकृतिक स्रोत गरि चार समितिको सभापति पाएको थियो ।

चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने अडान संस्थापनइतरले राख्दै आएको थियो । केही दिन अघि सभापतिलाई भेटेको संस्थापनइतरका नेता डा.शेखर कोइरालाले दुई जना आफ्नो तर्फबाट हुनुपर्ने कुरा राखेका थिए । महामन्त्री गगन थापाले दुई जना आफ्नो तर्फबाट नभए अस्विकार गर्नुपर्ने शेखरलाई सुझाव दिएका थिए ।

तर सभापति देउवाले एउटा समितिको सभापति मात्र शेखर गगन समूहलाई दिन चाहे । उनले संसदीय सुनुवाई समितिको सभापति शेखर–गगन समूहलाई छुट्याएका थिए ।

तर शेखर–गगन समूहले नाम दिन अस्वीकार गरेको छ । ‘जुनसुकै गुटबाट गरेपनि हुने पार्टीकै मान्छे हो । कस्तो मान्छे गर्ने, कसरी गर्ने? व्यक्तिको नाममा गुटको भागवण्डा होला,’ संस्थापनइतरका एक नेताले भने, ‘कुन समिति लिने भन्ने कुरामा नेताहरुसँग सल्लाह नै गर्नै नपर्ने हो ?’

अरु समिति सभापतिको नाम टुंगो लगाइसकेपछि बैठक बस्नुको औचित्य नहुने उनले बताए ।

संस्थापन पक्षले राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाईमा जीवन परियार, अर्थमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणाको नाम सार्वजनिक गरेको थियो । दुबै समूहको हुने गरी चालिसेलाई समेटिएको देउवा पक्षको दाबी छ ।

तर शेखर गगन समूह यसलाई स्वीकार्न तयार छैन । दुई जना आफ्नो पक्षबाट हुनुपर्ने र सभापति हुने व्यक्तिको क्षमता हेरेर छनोट गर्नुपर्ने नेताहरुको अडान छ ।

सभापति देउवाले छुट्याइदिएको समितिमा लुरुलुरु नजाने इतर पक्षका नेता बताउँछन् । ‘संसदीय सुनुवाई समिति नाम मात्रैको समिति हो । त्यसको बैठक औपचारिकताका लागि मात्रै बस्छ’ संस्थापनइतका नेता भन्छन्,‘त्यो समितिको सभापतिको काम गाडी चढ्ने बाहेक केही हुन्न ।

समिति सभापतिका लागि सोमबार निर्वाचन समय तोकिएको छ । उम्मेदवारको दर्ता आज छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४