Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा नेविसंघले बालुवाटार घेर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ९ २०८०
  • 3K
    SHARES

काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।

अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गरी इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धिको विरोधमा आइतबार विहान १० बजे बालुवाटार घेराउ कार्यक्रम राखिएको जानकारी दिए ।

सर्वसुुलभ र गणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महंगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ ।

शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।

नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगारी सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने पनि नेविसंघले माग गरेको छ । नेविसंघले विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग पनि गरेको छ ।

हेर्नुहोस् नेविसंघको विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४