Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो । मालबाहक सवारी साधन (ट्रक)मा ७ दशमलव ७७ प्रतिशत अर्थात १३ रुपैयाँ ७४ पैसा प्रतिकिमी/प्रतिटनबाट बढेर मालबाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो ।

यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँबाट २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँबाट ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ । २० किलोमिटरसम्म यात्रा गर्दा ३२ बाट ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ ८ पैसा लाग्नेगरी भाडा बढेको छ ।

  • ट्याक्सीमा पनि बढ्यो भाडा

इन्धनको स्वचालित मूल्य अनुसार बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा पनि बढेको छ । ट्याक्सीमा चढ्नेवित्तिकै ५२ रुपैयाँ भाडा लाग्ने भएको छ ।

यस्तै प्रति २ सय मिटर १० रुपैयाँ लाग्नेमा ३४ पैसा भाडा बढेको छ । ट्याक्सीमा अब बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको भाडादर प्रति २ सय मिटर १५ रुपैयाँ ५२ पैसा लाग्ने भएको छ ।

  • कुन रुटमा कति भाडा ?

काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा ५२ रुपैयाँले बढेको छ । यस अगाडि ९ सय ८६ रहेको भाडा अब १ हजार ३८ पुगेको हो ।

  • हेर्नुहोस् भाडादर सूचीः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४