Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्चस्तरीय छानबिन समिति बनाउन बोलाइयो सर्वदलीय बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ६ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजेपछि सर्वदलीय बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार बस्ने भनिए पनि नेताहरूको व्यस्तता र अस्वस्थताले बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा यसअघि सोमबार बसेको बैठकमा संसद्‌को गतिरोध अन्त्यका लागि सहमति नजिक पुगेको नेताहरूले बताएका थिए ।

संसद्‌ बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकार पक्ष सकारात्मक बनेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको छ ।

कार्यदलको मंगलबार बसेको बैठकले उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे प्रारम्भिक खाका तयार पारेको छ । उक्त खाका शीर्ष नेताहरूको बैठकमा पेस गरिनेछ ।

शीर्ष नेताको बैठकबाट खाका पारित भए उच्चस्तरीय समिति गठन हुने नेताहरूले जानकारी दिए । साउन १० गतेयता संसद् बैठक निरन्तर अवरुद्ध छ । आज प्रतिनिधि सभा दिउँसो ३ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४