Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ६ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ ।

बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

गत साउन १० गतेदेखि नियमिति कार्यसूचिमा प्रवेश नै नगरेको बैठक बुधबार पनि एमालेको निर्णयमा भर पर्ने छ । एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ । सरकार भने सीआइबीको छानविन प्रभावित हुने भन्दै उच्च स्तरीय समिति बनाउन इच्छुक देखिएको छैन ।

यद्यपी गत सोमबार प्रमुख दलहरुबीच उच्च स्तरीय छानविन समिति बनाउने अनौपचारिक सहमति भएपछि त्यसको कार्यविधि बनाउन एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले कार्यविधिको मस्यौदा तयार भईसकेको जनाएको छ ।

उक्त कार्यविधिमा छलफल गर्नका लागि बुधबार बिहान ११ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । उक्त बैठकमा सहमति भए मात्रै दिउँसो डाकिएको प्रतिनिधिसभा बैठक बस्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४