Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरको ग्रिनक्रस अस्पतालका कर्मचारीको मिलेमतोमा नवजात शिशुको किनबेच, चिकित्सकसहित ६ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ५ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । प्रहरीले विराटनगरको ग्रिनक्रस अस्पतालका कर्मचारी र दिपेश मेडिकल हल संचालक डा. तपेश्वर लाल कर्णलाई नवजात शिशुको कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ६ जनामध्ये एकजना अस्पतालमा कार्यरत कर्मचारी, शिशुका पिता, चिकित्सक र अन्य तीनजना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १३ असारमा अस्पतालमा सकुशल जन्मिएको शिशुलाई आर्थिक लेनदेनमा बेपत्ता बनाएको आरोपमा कारबाही सुरु भएको हो। प्रहरीले बेपत्ता रहेका शिशुको समेत सकुशल उद्धार गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चिकित्सक डा. कर्ण, अस्पतालकी कर्मचारी सुधा राजवंशी, शिशुका पिता गोविन्द राई, दिलमाया राजबंशी, नारायण राजवंशी र निर्मला यादवलाई पक्राउ गरेको हो।

डा. कर्णले मोरङ कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेको खुलेको छ । उनले के कति रकममा शिशु बेचेभन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशु बेपत्ता भएपछि आमाले अनुसन्धानको माग गरेकी थिइन्। प्रहरीले सुरुमा डा. कर्ण र राईलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

असार १३ गते युवतीले ग्रीनक्रस अस्पतालमा छोरी जन्माएकी थिइन्। शिशुलाई जन्म दिएपछि शिशु र प्रेमी बेपत्ता भएपछि युवती प्रहरीमा पुगेकी थिइन्।

डा. कर्णले किशोरीको वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको खुलेको छ। अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ।

व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असारमा डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ। डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४