Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन दलहरुबीच सहमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ५ २०८०
  • 4K
    SHARES

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका छन् ।

सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको एमाले जनाएको छ ।

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा एमालेबाट सुवास नेम्वाङ,कांग्रेसबाट रमेश लेखक र नेकपा माओवादी केन्द्रबाट हीतराज पाण्डे  रहेका छन् ।

मंगलबार कार्यदलको बैठक बसेर समितिको संरचना र कार्यक्षेत्रबारे टुंगो लगाइने छ । त्यसपछि मंगलबार नै बस्ने सर्वदलीय बैठकमा औपचारिक सहमति गरिने बुझिएको छ । सत्तारुढ दलहरु नेकपा एमालेको माग अनुसार उच्चस्तरीय छानविन समिति बनाउन सहमत भएकाले मंगलबारदेखि संसदको अवरोध हट्ने विश्वास गरिएको छ ।

उच्चस्तरीय समिति बनाउन दलहरु तयार भएपनि सिआईबीको जारी अनुसन्धान सकिएपछि समितिले काम गर्ने कि तत्काल भन्नेमा दलहरुबीच सहमति जुटिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४