Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएकाे सुवास नेम्वाङको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताउनुभएको छ ।

शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताउनुभयो ।

तर, पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उहाँको तर्क थियो ।

नेकपा एमालेका उपाध्यक्ष समते रहनुभएका नेम्वाङले संसद अवरोधलाई संविधानसम्मत नभएको भनेपनि उहाँको पार्टीले नै लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४