Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २ २०८०
  • 3.7K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. भदौ ०२, २०८० । ई.सं. १९. अगस्त २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ गुँलाथ्व । पिङ्गल दक्षिणायन वर्षा । शनिबार श्रावण शुक्लपक्ष । तिथि तृतीया १९:४१ बजेसम्म, त्यसपछी चतुर्थी । नक्षत्र उत्तरफाल्गुनी ००:२९ बजेसम्म, त्यसपछी हस्त । योग सिद्ध २१:१९ बजेसम्म, त्यसपछी साध्य । करण तैतिल ०६:५३ बजेसम्म, त्यसपछी गर १९:४१ बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि कन्या । आनन्दादि योग उत्पात । दिनमान १३:१ । सूर्योदय ५:३६ । सूर्यास्त १८:३७ । वराहजयन्ती, मधुश्रावणीपर्वसमाप्त । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। रोकिएका काम पनि सम्पादन हुनेछन्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
थाेरै उपलब्धि प्राप्त भए पनि त्यसमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। केही विवादास्पद जिम्मेवारी पनि आउन सक्छन्। घरेलु समस्यामा अल्झनुपरे पनि व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४