Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दावा छिरिङसहित ७ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 5.2K
    SHARES

काठमाडौँ । गत साउन २ गते बरामद भएको करिव १०० के जि सुन अनुमान गरिएकोमा अहिले करिब ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सात जना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो “सीआईबी” ले उनीहरूको साथबाट नेपाली नागरिकता र राहदानी बरामद गरेको हो ।

सातै जना आरोपीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको “सीआईबी” जानकारी दिएको छ ।

प्रहरीले गत बुधबार काठमाडौँबाटै सुन तस्करी प्रकरणमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए । पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए ।

त्यस्तै, सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट “सीआईबी”ले पक्राउ गरेको थियो । यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरेको थियो ।

राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरू ६ जना रहेको जनाएको छ ।

सुन प्रकरणका आरोपीहरूले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ । चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा “सीआईबी”ले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने समेत तयारी गरेको छ ।

नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकतासमेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए । उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।

त्यस्तै, सुन प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई तथा तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका थिए ।

साथै, तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४