Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा.सुनील शर्मालाई छोए प्रधानमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 2.2K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.सुनील शर्मालाई कालोमोसो दल्न आव्हान गर्ने नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का संयोजक पवन कार्कीलाई उच्छृङ्खल गतिविधि नगर्न नेपाली कांग्रेस नेता सुवास पोख्रेलले चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी)का संयोजक कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका नेता पोख्रेलले यस्तो चेतावनी दिएका हुन् ।

कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने भनेर गैरकानूनी अभिव्यक्ति दिएको भन्दै नेता पोख्रेलले सांसद शर्मामाथि कालोमोसो दलिए त्यही दिन प्रधानमन्त्रीलाई पनि कालोमोसो दल्ने चेतावनी दिएका छन् । ‘उहाँहरू अझै पनि जंगलकै धङधङीमा हुनुहुन्छ, यो लोकतन्त्र हो, कानून विपरीतको काम गर्ने छुट कसैले पनि छैन, एउटा सांसदलाई कालोमोसो दल्छु भनेर गैरकानूनी कुरा गर्न मिल्छ ?,’ एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्तामा बोल्दै नेता पोख्रेलले भने, ‘गलत काम नगर्न हामी आग्रह गर्छौ, यदि डा.सुनील शर्मालाई कालोमोसो दलियो भने हामी त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई कालोमोसो दल्छौँ ।

केही दिनअघि सदनमा सांसद डा. शर्माले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरिएको अभिव्यक्ति दिँदै गृहमन्त्री र प्रधानमन्त्रीले आतङ्ककारी सरकारको की लोकतान्त्रिक सरकारको नेतृत्व गरेको भन्दै प्रश्न गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले प्रधानमन्त्री र गृहमन्त्रीलाई सांसद डा.शर्माले आतङ्ककारी भनेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर सांसद डा.शर्मालाई सार्वजनिक रूपमा बहिष्कार गर्न आव्हान गरेका थिए । उनले सांसद डा.शर्मालाई कालोमोसो दल्न फेसबुक मार्फत आव्हान पनि गरेका थिए ।

संयोजक कार्कीलाई कारबाही गर्न सांसद शर्माको माग

आफूलाई कालोमोसो दल्न आव्हान गर्ने नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई कारबाही गर्न सांसद डा.शर्माले माग गरेका छन् । कानूनी राज्यमा कालोमोसो दल्न खुलमखुल्ला आव्हान गर्ने कार्कीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सांसद डा. शर्माले माग गरेका हुन् ।

जथाभाबी गर्ने छुट कसैलाई पनि नभएको भन्दै सांसद शर्माले गैरकानूनी हर्कत गर्ने कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्  । नेकपा माओवादी केन्द्रले नै आफ्ना विरुद्धमा विद्यार्थी संगठन परिचालन गरेको सांसद डा. शर्माको ठम्याई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४