काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समितिको बैठक बहिस्कार गरेका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर,नेकपा एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन । कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । अन्य दलका सांसदहरुले भने झण्डै ४५ मिनेटसम्म नेकपा एमालेका सांसदलाई समितिको बैठकमा कुरेका थिए ।
तर,नेकपा एमाले सांसद उपस्थित नभएपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक स्थगित भएको जानकारी दिएका थिए ।
समितिको सभापति चयन नगरिएकोले नेकपा एमालेले बैठक बहिस्का गरेको जानकारी दिएको छ ।