Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दावाको नागरिकताबारे गृहद्वारा छानबिन सुरू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको हो । हाल छानबिन कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

नागरिकताको विषयमा छानबिन गर्न मन्त्रालयका उपसचिव एवं नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । ‘समितिले छानबिन गरिरहेको छ । समितिले छानबिनपछि दिने प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइने छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो ।

हाल सुन तस्करी प्रकरणमा १८औं नम्बरमा गत श्रावण १५ गते छिरिङलाई पक्राउ गरिएको थियो । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राजधानीको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।

छिरिङ सत्ता र शक्तिको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य चार वर्षअघि प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४