Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् विघटन गर्नेले नै चल्न दिएनन्’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले संसद् सुचारु गर्नका लागि प्रमुख दलहरूबीच पटकपटक प्रयास र सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गरे।

‘संविधानलाई डिरेल गर्ने, सरकार चल्न नदिने र यसलाई अन्यत्र लैजाने मनसायले काम गरेजस्तो देखिएको छ,’ दाहालले भने, ‘हिजो पटकपटक संसद् अवरुद्ध गरियो, आज संसद् चल्न दिइएको छैन।’

हिजो संसद् विघटन हुँदा सडकबाट समेत त्यो संविधानअनुसार छैन भनेको उल्लेख गर्दै दाहालले अहिले संसद् चलाउन विपक्षीसँग प्रक्रियाबाट बाहिर गएर समेत सहमति गरेको बताए। संसद् चल्छ भनेर आफूले प्रमुख विपक्षी नेकपा एमालेसँग वार्ता गरे पनि उसले सहमति भंग भएको गुनासो दाहालको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहित भएर गरेको वार्ताअनुसार अहिलेसम्म विपक्षीलाई नदिइएका संसद्का तीन समितिका सभापतिमा समेत दिइएको जानकारी उनले दिए।

‘हामीले धेरै लचिलो भएर सम्झौता गर्‍यौं संसद् खुल्छ भनेर तर खुलेन,’ उनले भने, ‘हिजोको विघटनको मानसिकता प्रकट भएको देखिएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४