Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचारविरुद्धको अभियानबाट विश्राम लिँदैनौं : गृहमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता, ठगि र अपराधविरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहिनता, ठगि अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसावले काम गरिरहेको बताउनुभयो । उहाँले मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दाबी गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले पुरानै गतिमा काम गरेर नपुग्ने निस्कर्ष सरकार रहेको बताउनुभयो । उहाँले मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भिर भएर काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले मुलुकले हासिल गरेको राजनीतिक परिर्वतनलाई रक्षा गर्नेकुरा राजनीतिक रुपमा लोकतन्त्रको रक्षा गरेर मात्रै नपुग्ने विषयमा सरकार जानकार रहेको बताउनुभयो । उहाँले जनताको जीवन नै फेरियो भन्ने जनतालाई सरकारले अनुभुति दिलाउन नसके राजनीतिक नाराले मात्रै लोकतन्त्रको रक्षा हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको विकास, समृद्धि र प्रविधिको यात्रालाई गुणात्मक बनाएर राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्ने पक्षमा रहेको लागेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सरकार गम्भिरतापूर्वक सुशासन समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा गर्न लागि परेको बताउनुभयो । उहाँले गहृमन्त्रालयको काम अझ व्यवस्थित, प्रभाकारी र परिणाममुखी बनाउन आत्मसमिक्षाको प्रक्रियामा छौं । त्यसलाई सुधारको अभियानका रुपमा अगाडि बढाएको दाबी गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले अर्थ मन्त्रालयलाई सुपर मन्त्रालयका रुपमा ठान्न नहुने बताउनु भयो । उहाँले सबै मन्त्रालयलाई बजेटको सिलिङ तोक्ने आफू भएको भन्ने हिसावले निर्देशात्मक रुपमा अर्थ मन्त्रालय जान नहुने बताउनुभयो । उहाँले अर्थमन्त्रालयलाई अन्य मन्त्रालयले सफल बनाउने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले अर्थ मन्त्रालयले अन्य सबै मन्त्रालयलाई निर्देशन भन्दापनि छलफलबाट देश विकास र समृद्धि साझा लक्ष्य पूरा गर्न लाग्न आवश्यक रहेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले अर्थमन्त्रालयले सुपर पावर भन्दा पनि मुलुकको अर्थतन्त्रले धान्ने र प्राथमिकताका आधारमा काम गर्न सल्लाह दिनुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले अन्तरमन्त्रालयमा देखिएका समस्या समन्वयमार्फत हल गर्न सकिने बताउनुभयो । उहाँले अर्थमन्त्रालयलाई र अन्य मन्त्रालयलाई मात्रै दोष दिने भन्दा पनि समन्वयकारी रुपमा काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिको लक्ष्य पूरा गर्ने हो भने मिलेर काम गर्नुको विकल्प नभएको बताउनुभयो ।

गहृमन्त्री श्रेष्ठले मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिने समस्या समाधान गर्न अध्यागमन विभागले डेटा सेन्टर स्थापना तत्काल प्रक्रिया अगाडि बढाउने गरी काम गर्ने, राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणाली एआईइए, एमआइएसलाई गृह मन्त्रालय अन्तगर्त तीनवटा प्रणालीसँग आवद्धता बिस्तार गर्ने निर्णय गरेको बताउनुभयो ।

गहृमन्त्री श्रेष्ठले अध्यागन, राजस्व, दूरसञ्चार, कर्मचारी सञ्चय कोष लगायत सेवामा आवद्धताका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागले अगाडि बढाउने पनि बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र छपाई भएका कार्डको वितरण तिब्र बनाउने र छाप्न बाँकी कार्डको छपाई तत्काल व्यवस्था मिलाउने, सबै वडा कार्यालयहरुमा घटना दर्ता प्रक्रिया अनलाइनमा ल्याउन आवश्यक इन्टरनेटका लागि आवश्यक समन्वय गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४