काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ ।
साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रचण्ड प्रतिनिधिसभाका सदस्य तथा सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
साहलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाउनुभएको थियो ।