Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा छलफल भएन : लेखक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २८ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।

कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राख्नुभएको सुझावहरुलाई समेटेर महत्वपूर्ण प्रस्तावहरु पारित गर्ने पनि बताउनुभयो । गत शुक्रबार र आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलको बैठक निरन्तर चलिराखेको छ । अस्ती र आज गरेर जम्मा ५० जना साथीहरुले बोल्नुभएको छ । अनि, आज पनि बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि ११ बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौं । र, साथीभाईहरुबाट जे पनि भावनाहरु, विचारहरु अभिव्यक्त भएका छन । ती सबैलाई समेटेर हामी भोली संसदीय दलको बैठकबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्छौं । 

हाम्रो बैठक भोलि समापन हुन्छ । बैठकमा धेरै विषयमा कुरा उठेको छ । अनि ती सबै विषयहरुलाई हामीले समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं । अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन ।

बैठकमा सांसदहरुले विभिन्न भावनाहरु, विचारहरु व्यक्त गर्नुभएको र त्यसलाई समेटेर सोमबार नै महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ । प्रमुख सचेतक लेखकका अनुसार काँग्रेस संसदीय दलको बैठक सोमबार सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४