Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 6K
    SHARES

काठमाडौं । पश्चिम नेपालमा बुधबार रातीदेखि भारी वर्षा भईरहेको छ ।

नवपरासीदेखि पश्चिम कञ्चनपुरसम्मै भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबार राती भारी मात्रामा वर्षा भएको विभागले जनाएको छ ।

वुद्ध जन्मस्थल लुम्बिनी आसपासमा पछिल्लो २४ घण्टामा १ सय ४२ दशमलव ६ मिलिमिटर र कञ्चनपुरको बेलौरीमा १ सय २६ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

कञ्चनपुरकै सुन्दरपुरमा १ सय ९ दशमलव २ मिलिमिटर, कपिलवस्तुको तौलिहवामा ८६ दशमलव ८ मिलिमिटर, नवलपुरको दुम्कौलीमा ६४ दशमलव २ मिलिमिटर र धनगढी विमानस्थलमा ५४ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

लुम्विनी र कैलालीको सुन्दरपुरमा अति भारी वर्षा भएको र क्षेत्रका होचा स्थानमा डुबान हुन सक्ने देखिएको भन्दै विभागले उच्च सतर्कता अपनाइराख्न आग्रह गरेको छ ।

बुधबार राती सूचना जारी गर्दै विभागले कञ्चनपुरका सुहेली, चौधर लगायत साना खहरे खोलाहरुमा एक्कासी बाढीको जोखिम देखिएको जनाएको थियो ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४