Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीमा आलु विक्री नहुँदा किसान चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । म्याग्दीमा उत्पादित वर्षे आलुले बजार नपाएपछि किसानहरु चिन्तित बनेका छन् ।

पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक घर अहिले आलुले भरिभराउ छन् । कतिपयका बारीमा आलु खन्नै बाँकी छ । तर,आलुको माग कतैबाट नआएपछि किसानहरु चिन्तित बनेका छन् ।

विगतमा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्ममा विक्री हुने आलु यो वर्ष भने प्रतिकिलो ३५ रुपैयाँमा दिँदा पनि बिक्री हुन नसकेको किसान बताउँछन् । म्याग्दीमा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । म्याग्दीका लेकाली क्षेत्रमा वर्षे आलु लगाउने गरिन्छ ।

वर्षे आलुको उत्पादन पनि निकै राम्रो हुने र स्वाद पनि मिठो हुने गर्दछ । आलु समयमै बेच्न नपाए कुहिने डर हुन्छ । गत वर्षको तुलनामा यो वर्ष झण्डै सात प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीका रघुगंगा गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ मा गत वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम सञ्चालन भईरहेको छ ।

म्याग्दीमा यो वर्ष एक हजार ६ सय ५० हेक्टरमा आलु खेति गरिएको र २५ हजार मेट्रिक टन बढी आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४