Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २४ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो पनि डाकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी एमालेको हातमा छ ।

सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

मंगलबार बसेको बैठकमा एमालेले सय किलो सुन तस्करीको अनुसन्धानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको बयानप्रति असन्तुष्टि जनाउँदै अवरोध गरेको थियो ।

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठले दिएको जवाफमा चित्त नबुझेको भन्दै एमालेले मंगलबार पनि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न दिएन ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि बुधबार दिउँसो १ बजे नै डाकिएको छ । राष्ट्रियसभामा पनि एमाले अवरोध कायम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४