Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुर पनि डुबानमा, चाँगुनारायणमा एउटा घर भत्कियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २३ २०८०
  • 7.1K
    SHARES

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा  घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।

घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन ।

सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।

वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । धान खेत पनि डुबानमा परेका छन् । तर उद्धार गर्नुपर्ने अवस्था भने अझै नरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकले बताए ।

‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ, तर अहिलेसम्म उद्धार गर्नुपर्ने स्थिति रहेको जानकारीमा आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४