Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेंगुले यो वर्ष ७ जनाको मृत्यु-स्वास्थ्य सेवा विभाग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो ।

नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो । सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनि डेंगु सर्न सक्ने बताउनुभयो । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिनुभयो ।

डा.मरासीनिले भन्नुभयो , ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजि स्वास्थ्य संस्थाको रेकर्ड हामीसंग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९ र सन् २०२२ मा महामारीको रुप लिएको थियो । यस वर्ष हामी सचेत हुनुपर्ने कारण के छ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसक्या छ । सबैभन्दा बढि केस सुनसरीबाट रीपोर्ट भएको छ । सुनसरीको पनि खास गरी धरान उपमहानगरपालीकामा संक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्युु भएको छ । जतिपनि विरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्युु भएको छैन, आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन । कतिपय विरामीहरु किड्नीका हुनुहुन्थ्यो । कतिपयले डायलायसीस गराइरहनुभएको थियो । कतिपय विरामी सुुगरको हुनुहुन्थ्यो ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सचिव डा.पोखरेलले भन्नुभयो, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो निशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो । टेष्टमा शुुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । प्राइभेट अस्पतालहरुसंग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं । कहिँ पाँच सय पचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केहि अस्पतालमा डेंगु लागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं ।’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोज र नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन ग¥यो भने कमसेकमपनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगी लागेपनि गम्भिर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भिर विरामीमात्रै अस्पतालमा आएकाले विरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेको छैन ।’

नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४