Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ उपमहासचिव शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताउनुभएको छ । उहाँले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताउनुभएको छ । उहाँले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘संसद ठप्प गर्नु हुँदैन । संसद खोल्नुपर्छ । धेरै इस्युहरु छन् यतिबेला । ति इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ । हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस् । मन्त्रीहरुको जवाफ सुनौँ । उहाँहरुको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ ।

सभामुखले भनिरहनु भएको छ । हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ । छलफल पनि भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त । त्यो छानविनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला । तर अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि । बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न सकियो । सकिसकेपछि अनि आवश्यक परे उच्च स्तरीय बनाए हुन्छ ।

उहाँले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताउनुभयो । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४