Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्ताखण्ड पहिरोमा पुरिएकाहरुको अवस्था अझैपनि अज्ञात


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 3K
    SHARES

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी हराईरहेका १६ जना नेपालीको अवस्था अझैपनि अज्ञात छ ।

बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १६ तथा भारतका ३ जना बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३ जनाको शब शनिबार निकालिएको छ । तर, उनीहरु नेपाली हुन् कि भारतीय भन्ने सनाखत हुन भने सकेको छैन ।

पहिरोमा पुरिएकाहरुमा जुम्लाको पातारासी गाउँपाकिला ३ चौरगाउँका ३० वर्षीय अमर बोहोरा, उनकी पत्नी २९ वर्षीया अनिता बोहोरा, छोरीहरु सलिता बोहोरा, पिंकी बोहोरा, प्रीती बोहोरा, छोराहरु जटिल बोहोरा र वकिल बोहोरा रहेका छन् ।

यसैगरि सोही गाउँका ४६ वर्षीय सुकराम रावत र ३८ वर्षीय बम बोहोरा, पातारासी गाउापालिका २ पेरेगाउँका ५५ वर्षीय धर्मराज बुढा र २४ वर्षीय चन्न कामी पनि वेपत्ता भएका छन् । पहिरोमा पुरिएर कालिकोटका ५ जना वेपत्ता भएको बताईएको छ ।

उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा नेपालीहरुले सञ्चालन गर्दै आएका तीनवटा होटेल पहिरोले बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४