Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २० २०८०
  • 5.6K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । बैठक शनिबार बिहान ११ बजेदेखि पुनः बस्दैछ ।

बुधबारदेखि सुरू भएको बैठकमा शुक्रबारसम्म १ सय ४२ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका छन् । जारी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलकिो आलोचना गरेका छन् । बैठकमा सरकारको कामकारवाहीको भने प्रशंसा भईरहेको छ । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय दिइएको छ ।

बैठकमा ३ सय ८७ पूर्ण र १ सय ९६ वैकल्पिक केन्द्रीय सदस्य,अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार शुक्रबार केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ । महिलाको संख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति ४ सय ९ सदस्यीय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४