Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद अवरोधप्रति रास्वपाको असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १६ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ ।

सभामुख देवराज घिमिरिले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठक चल्न नसक्दा जनताका मुद्दाहरु उठाउन नपाएको भनी ध्यानाकर्षण गराएका थिए ।

नेकपा एमालेले एक क्वीन्टल सुन बरामद प्रकरणमा छुट्टै छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । सत्तापक्ष छानबिन समिति गठन गर्न तयार नहुने र प्रमुख प्रतिपक्ष छानबिन समिति गठन नभए संसद चल्न नदिने अडान छ । ‘मन्त्रीको जवाफ सुन्ने होला । जवाफमा चित्त नबुझे त्यसपछि अगाडि बढ्ने प्रक्रिया होला’ ठूला दलहरु प्रक्रियामा सहभागी हुन तयार नहुँदा समस्या भएको भन्दै प्रमुख सचेतक परियारले भने, ‘पुराना पार्टीहरुको अर्कमण्यताका कारण संसद चल्न सकेन ।

रास्वपाकै अर्का सांसद मनिष झा संसद अवरोध गर्ने र बाहिर ‘लोकतन्त्र कमजोर भयो’ भन्ने प्रवृत्ति देखिएको बताउँछन् । ‘सदन अवरुद्ध गर्ने कुरा स्कुलमा ताला लगाएर मेरो समाज शिक्षित भएन भनेर बाहिर विरोध गर्नु जस्तै हो’, सांसद झा को प्रश्न छ, ‘भित्र संसद अवरोध गर्ने बाहिर आएर लोकतन्त्र कमजोर भयो भन्ने ?’

जनताले सांसदहरुलाई आफ्नो कुरा संसदमा राख र त्यस अनुसार नीति निर्माण गर भनेर पठाएको तर त्यसअनुसार व्यवहार प्रदर्शन गर्ने वातावरण संसदमा बन्न नसकेको झाको दुखेसो छ । ‘लम्पी स्किन, म्यानमारमा फसेका नेपालीका विषयमा बोल्न पाइएको छैन । मधेशमा रोपाइँ नभएको विषयमा बोल्न पाइएको छैन ।

सीमित नेताहरुका कारण सांसदहरु हतियार नभएका लडाकुहरु जस्तो हुन पुगेको सांसद झाको टिप्पणी छ । भन्छन्, ‘सीमित व्यक्तिहको इगोको कारण हाम्रो हतियार काम लागिरहेको छैन । बोल्नै पाइँदैन ।

सुन प्रकरणको विषयमा ठूला दलहरुले राखेको अडानप्रति पनि संसद झा असन्तुष्ट छन् । ‘सुन प्रकरणको विषयमा लगातार संसद अवरोध हुनु लज्जापद कुरा हो । देशमा अरु केही छैन ? त्यही एउटा विषय मात्र छ भने जस्तो भयो’ उनी थप्छन्, ‘छानबिन प्रक्रिया र अनुसन्धानलाई दलहरुले यत्तिकै माया गर्नुहुन्छ भने प्रहरीमा राजनीतिक दबाब हुने छैन भनौं । त्यसो गरियो भने निष्पक्ष छानबिन हुन्छ होला ।

छानबिन गर्ने निकायलाई ‘हाम्रा मान्छे थुन्लास है भनेर थर्काउने’, अनि बाहिर आएर आएर लोकतन्त्रको कुरा प्रवृति मूल समस्याको रुपमा देखा परेको उनको भनाइ छ ।

छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडानप्रति उनको विमत्ति छ । अर्कोतर्फ अनुसन्धान जारी रहेको विषयमा अर्को छानबिन समिति बनाउनु भनेको विषय पन्छाउनु जस्तै रहेको दुखद इतिहास रहेको पनि उनले स्मरण गरे । ‘हरेक विषयमा समिति बनाउने टालटुले काम हो । विगतमा के कति समिति बने र त्यसले के कति गरे देखेकै छौं’ उनी थप्छन्, ‘विभिन्न मुद्दामा समितिहरु बनेका छन् । कतिपय समितिका प्रतिवेदन नै सार्वजनिक भएका छैनन् ।’

संसदमा सुन प्रकरणमा मात्रै नभएर अन्य अनावश्यक विषयमा समेत अवरोध हुने गरेको उनको अनुभव छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा सुन भनेर पित्तल चढाएको टिप्पणी गरेका थिए । त्यस विषयमा एमालेले प्रश्न उठाएर संसद अवरोध गरेको थियो ।

‘जलहरीको बारेमा कसैले के बोलिदियो ए हाम्रो नेताको बारेमा केही बोल्न पाउँछौं ? पाउँदैन भनेर, खबरदार भनेर रोकिदिने ?’ सांसद झाको प्रश्न छ ।

१३ जेठ २०८० मा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भयो भने प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिए । त्यसपछि एमालेले संसदमा जारी राखेको अवरोध खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४