Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीमा नयाँ सरकार गठनको विकल्प साँघुरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १५ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको छ ।

आइतबार साँझ कोशी प्रदेशका सत्ता गठबन्धनका संसदीय दलका नेताहरुसँगको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपालाई मनाउन नसकिएको जानकारी दिनुभएको थियो । प्रधानमन्त्री दाहालले नयाँ विकल्पमा जानुपर्ने भन्दै कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई राजीनामा दिएर गाँठो फुकाउन आग्रह गर्नुभएको बुझिएको छ ।

तर, सभामुख गौतम भने मूख्यमन्त्रीको टुंगो नलागी पदत्याग नगर्ने अडानमा रहेको बुझिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले आइतबार दिनभर राप्रपालाई सत्ता साझेदारीका लागि प्रयास गरेका थिए । कोशीमा आलोपालो मूख्यमन्त्री र केन्द्रमा समेत मन्त्री दिने प्रस्ताव गर्दा पनि राप्रपाले नमानेको जानकारी प्रधानमन्त्री दाहालले गठबन्धनका नेताहरुलाई गराएको बुझिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार सम्ममा प्रदेश सरकार गठन भईसक्नु पर्दछ । सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको बहुमत देखाउनु पर्दछ । सत्ता गठबन्धनसँग अहिले सभामुख गौतम बाहेक ४६ सिट मात्रै रहेको छ । सर्वोच्चको आदेश अनुसार निर्धारित मितिमा बहुमतको सरकार नबने ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउन पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४