Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ११ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।

कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरुसँगै बसेर टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले देशको सुरक्षा व्यवस्था लगातार बिगि्रँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।

उनले स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।

संयुक्त राष्ट्रसंघ र अमेरिका राष्ट्रपतिको पक्षमा

अमेरिकाले भने सेनाको हिरासतमा रहेका राष्ट्रपति बजुमलाई आफ्नो समर्थन गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई अटुट समर्थन रहेको बताएका हुन् ।

यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमसँग कुराकानी गर्दै उनलाई पूर्ण सहयोग गर्ने बताएको बताएका छन् ।

राष्ट्रपति बजुमले पश्चिम अपि|mकामा इस्लामी उग्रवाद विरुद्धको लडाइँमा पश्चिमी देशलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४