Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलोचना धेरै हुन्छहोला भनेको कम आलोचना भयो : देउवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचेपनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कांग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कांग्रेसमा सबै एक सय एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । कांग्रेसमा कोही भन्दा कोही कम छैन । अर्को मिटिङको पनि डेट फिक्स गर्ने भए गरौँ केही छैन ।’

सभापति देउवाले पार्टीको केन्द्रिय समितिको अर्को बैठक तोकेर जान पनि कुनै समस्या नरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४