Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्नातकलाई पुनः तीन वर्षमा झार्ने त्रिविको यस्तो तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 3.6K
    SHARES

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । हाल चारवर्षे रहेको स्नातक तहको पढाइलाई तीनवर्षे बनाउन भएको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो ।

चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि फेरि तीनवर्षे बनाउने तयारी भएको त्रिविको व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले बताए । त्रिविले सबैभन्दा पहिला २०७१७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन । चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन् ।

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न संकायका डिनले दिएका थिए । परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको हो । पछिल्लो समय त्रिविमा विद्यार्थीलाई एउटै तह उत्तीर्ण गर्न चार वर्ष समय खर्च गर्नुपर्ने बाध्यता छ । त्यसमाथि परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकको काम नियमित नहुँदा स्नातक तह उत्तीर्ण हुन न्यूनतम पाँच वर्ष कुर्नुपर्ने बाध्यता छ ।

अहिले पनि त्रिविमा स्नातकका कुनै विषयमा पढाइ सुरु भएको डेढ वर्षसम्म विद्यार्थीले परीक्षा दिन नपाएका घटना छन् । ‘प्राज्ञिक परिषद्को बैठकमा सहभागी धेरैले चारवर्षे स्नातकको विषयमा पुनर्विचार गर्नुपर्छ भन्ने विषयमा राय दिनुभयो,’ डिन प्राडा शर्माले भने, ‘चारवर्षे कोर्सलाई तीन वर्ष पढेर एक वर्ष रोजगारीसँग जोड्ने गरी इन्टर्नसिपमा पठाउने कि पाठ्यक्रम नै परिमार्जन गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

स्नातक चारवर्षे बनाएसँगै अधिकांश विषयमा प्राध्यापकलाई आन्तरिक मूल्यांकनमार्फत अंक दिन पाउने अधिकार दिइएको छ । मूल्यांकनमा सहभागी हुन विद्यार्थी अनिवार्य रूपमा कक्षामा उपस्थित हुनैपर्छ । आन्तरिक मूल्यांकनमा उत्तीर्ण हुन नसक्ने विद्यार्थीको समग्र नतिजा अनुत्तीर्ण हुन्छ । स्नातकलाई चारवर्षे बनाएसँगै त्रिविले प्राइभेट भर्नाको व्यवस्था पनि बन्द गरेको छ । पनिकाका अनुसार प्राइभेटतर्फ भर्ना हुने विद्यार्थी यसअघि वार्षिक रूपमा १० हजारको हाराहारीमा हुन्थे ।

अहिले विद्यार्थी बिदेसिने तथा स्वदेशमै भर्ना भए पनि बिचैमा पढाइ छाडेर रोजगारी तथा अन्य व्यवसायमा लाग्ने प्रवृत्ति बढेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा २०७८ सालमा पहिलो वर्षको परीक्षा दिन १३ हजार जनाले फाराम भरेकामा तेस्रो वर्षको परीक्षा (२०८० साल) मा आइपुग्दा नौ हजार जना मात्रै बाँकी रहेका छन् ।

उनीहरूको चौथो वर्षको पढाइ हुनै बाँकी छ। विद्यार्थी घट्ने क्रम हेर्दा चौथो वर्षसम्मको परीक्षा दिने बेलामा त क्याम्पस नै रित्तिने हो कि भन्ने चिन्ता बढेको छ । त्यस्तै २०७८ सालमा पहिलो वर्षको परीक्षाका लागि बिबिएसमा एक लाख १० हजार परीक्षार्थी रहेकामा अहिले तेस्रो वर्षको परीक्षाको समयमा ६० हजारले मात्रै परीक्षा फाराम भरेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीकाअनुसार २०७८ सालमा पहिलो वर्षको परीक्षामा ६५ हजार विद्यार्थी रहेको बिएडमा अहिले तेस्रो वर्षको परीक्षासम्म आइपुग्दा ३२ हजार मात्रै छन् ।

विद्यार्थीले निरन्तर पढाइ छाड्नुको विभिन्न कारणमध्ये स्नातकलाई चारवर्षे बनाउनु पनि मुख्य रहेको छ । ‘एकातिर पढेपछि पनि रोजगारी पाउन मुस्किल छ । त्यसैमाथि एकै तह उत्तीर्ण गर्न चार वर्ष लाग्ने भएपछि विश्वविद्यालयमा पढाइ छाड्ने दर बढिरहेको छ,’ उनले भने, ‘अहिले नै पढाइ छाड्ने दर ४० देखि ५० प्रतिशतसम्म छ । यो गति रोकिने छाँट छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४