Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको प्रस्तावमा के छ ? “पूर्णपाठ”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गर्नुभएको हो ।

आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने थापाको प्रस्ताव छ । यस्तै, महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ । उहाँले अरू ११ महिना नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पनि पेस गर्नुभएको छ । त्यस्तै, समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाको प्रस्ताव छ । यसका निम्ति काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै, बैठकमा उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभयो । कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उहाँको भनाई छ । उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा काँग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । केन्द्रिय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न कांग्रेसले नसक्ने तर्क गर्नुभयो ।

कांग्रेस रुपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४