Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने देउवाको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १ २०८०
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् ।’

बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने उनले तय भएको उनले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने उनले जानकारी दिए ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको विषयमा केन्द्रीय सदस्यले धारणा राख्नसक्ने मन्सुरले बताए ।

‘प्रजातान्त्रिक पार्टी हो । सबैको कुरा सुनेर पार्टीले त्यसमा मन्थन गरेर निर्णय गर्छ’, उनले भने । कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन २ गते बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४