Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ : राजेन्द्र लिङदेन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन्  ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष लिङदेनले यस्तो बताएका छन्  । उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताएका हुन्  ।

उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताएका छन्  । उनले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताएका छन्  । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताएका हुन्  ।

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताएका छन्  । उनले अर्को चुनावमा ७० सिट ल्याउने बताएका छन्  । उनले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताएका हुन्  । उनले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताएका छन्  ।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरेका छन्  । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४