Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा आज रिट दायर गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३१ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले आइतबार सर्वोच्चमा रिट दायर गर्ने भएको छ ।

ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ सर्वोच्चमा रिट हाल्न लागेको हो ।

स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय ककनी गाउँपालिकाले गरेको थियो ।

गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी गराएको थियो । हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेकामा निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४