Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने गगन थापाको भनाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३० २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने समेत बताउनुभएको छ ।

विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताउनु भएको हो ।

महामन्त्री थापाले नेपाली कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने जिकिर गर्नु भएको छ  । तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको बताउँदै उहाँले यो सुविधा रहेको तर्क गर्नु भएको थियो ।

साथै उहाँले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गर्नु भएको छ  असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै साउन २ गतेदेखि बैठक सुरु हुने बताउनुभयो । यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिति तय हुने उहाँको भनाइ रहेको छ ।

उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उहाँले बताउनु भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४