Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपामा काम नगरी नेता हुन नपाइने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग गर्नसक्ने व्यवस्था मिलाएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले राप्रपामा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले तोकिएका भुगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने, एक वर्ष भित्रमा सक्रिय सदस्यको संख्या दुई लाख पुर्‍याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भुगोलको जिम्मेवारी हेरफेर हुने, भुगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने, ६ महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्ष सम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रिय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने निर्णय भएको पनि बताउनुभयो ।

अध्यक्ष लिङ्देनले बिहीबार नविन राप्रपा कार्ययोजना सार्वजनिक कार्यक्रम २०८० अन्तर्गत भ्रष्टाचार र भ्रष्टाचारका बिरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्‍याउने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने निर्णय केन्द्रिय कार्यसमितिको बैठकले गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४