Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण : मन्त्रीको सुधार अभियानलाई आत्महत्यासँग नजोडौं


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै असन्तुष्टि जनाएको छ ।

हालै मन्त्री बस्नेतले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको भन्दै मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो ।

‘वर्षौदेखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गममा अभाव हुने बेथितिको सुधार एवं निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्‍याउने अभियान चलाइरहँदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्याजस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्नु हुन सम्बद्ध सबैमा मन्त्रालयको हार्दिक अनुरोध छ’ सूचना अधिकारी डा. पवनकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेतले बिहीबार राष्ट्रिय सभा बैठकमा आफूले पनि प्रष्टीकरण दिएका थिए । उनले एक स्वास्थ्यकर्मीले काठमाडौंमा दरबन्दी हुँदाहुँदै नुवाकोट गएको र काज फिर्ता गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा नै बस्न पाउनुपर्ने भनेर मन्त्रालयका सचिवहरुलाई आत्महत्याको धम्की दिएको बताए ।

‘ट्रमा सेन्टरमै चाहिन्छ भएन भने आत्महत्या गर्छु भनेर मेरो मन्त्रालयको सचिवहरुकोमा कराउन थालेछ’ मन्त्री बस्नेतले भने, ‘के गर्ने आत्महत्या गर्छु भनेको छ भनेर सचिवहरु डराएपछि आफूले यो सबै नौटंकी हो, नाटक हो, कडाइका साथ प्रस्तुत हुनुस् भनेँ ।

मन्त्री बस्नेतले अगाडि भने, ‘म ढाँट्दिन तपाईंकोमा (आत्महत्या) गर्छु भनेको भए मकहाँ पठाइदिनुस् भनेको हो ।’

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि ती स्वास्थ्यकर्मीले ट्रमा सेन्टरमा नै काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा उनी तोकिएकै ठाउँमा जाउन् भन्ने उद्देश्यले मन्त्रीबाट त्यस्तो भाषा प्रयोग भएको प्रष्टीकरण दिइएको छ ।

मन्त्रालयले वर्षौंदेखिको विकृतिलाई समाधान गर्न असल मनसायका साथ गरिएको प्रयासमा धम्कीपूर्ण भाषाको प्रयोग, खटाएको ठाउँमा नजाने जस्ता गतिविधि देखिएको भन्दै यस्ता गतिविधिले अनवरत सेवामा खटिने स्वास्थ्यकर्मीको भावनामा असर पर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४