Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिसन-२०८४ “पुरानालाई डर”नयाँलाई जनताको भर”अर्को चुनाव केन्द्रित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 1.9K
    SHARES

काठमाडौँ । आमनिर्वाचन सकिएको एक वर्ष नपुग्दै प्रमुख दलहरूका गतिविधि अर्को चुनाव केन्द्रित हुन थालेका छन् । अर्को चुनाव आउन चार वर्षभन्दा बढी समय बाँकी छँदै दलहरूका गतिविधि चुनाव केन्द्रितजस्तो देखिन थालेका हुन् ।

प्रमुख दल र तिनका नेताहरूले तारन्तार आगामी चुनाव केन्द्रित अभिव्यक्ति दिइरहेi

का छन् । गत निर्वाचनमा नयाँ दलहरूको उदय भएसँगै झस्किएका पुराना प्रमुख दलहरू आन्तरिक रूपमा आगामी चुनावलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण हो गत चुनावलगत्तै नेकपा (एमाले)ले सुरु गरेको ‘ग्रास रुट अभियान’ । बाहिर जे भनिए पनि त्यसको उद्देश्य ‘मिसन २०८४’ रहेको तथ्य कतै लुकेको छैन ।

त्यसपछि गत वैशाखमा भएको उपनिर्वाचनको परिणामले पुराना दलहरूलाई थप झस्काएको छ । पुरानाप्रतिको वितृष्णाका कारण नयाँ दलहरूले पाएको मतले आगामी चुनावको चित्र स्पष्ट पारेको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैजसो पुराना दललाई चुनौती हुने स्पष्ट संकेत गत आमनिर्वाचन र वैशाखको उपनिर्वाचनले दिएको छ । यसले सजिलै आगामी निर्वाचन जित्न नसकिने पुराना दलहरूले बुझेका छन् । परिणामतः उनीहरूका गतिविधि चुनाव केन्द्रितजस्तो देखिन थालेका हुन् ।

एमालेले अनौपचारिक रूपमा मिसन २०८४ सुरु गरिसकेको छ । कांग्रेसमा पनि आगामी चुनावलाई लिएर चिन्ता र चासो व्यक्त गर्नेहरू धेरै छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरूले पार्टी रूपान्तरणको अभियान नै सञ्चालन गरेका छन् । गत निर्वाचनमै कमजोर नतिजा ल्याएको माओवादी पनि आगामी चुनावबारे चनाखो बनेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चुनावमा बलियो उपस्थिति जनाउन समाजवादी मोर्चा र माओवादी धारको एकतामा जोड दिइरहनु भएको छ । पूरा दलहरू संगठित/असंगठित रूपमा रास्वपासहितका नयाँ दलप्रति आक्रामक देखिएका छन् । उनीहरू सबैको साझा चुनौती नै अहिले रास्वपा बनेको छ । आगामी चुनावमा पनि उसैले सबैलाई चुनौती दिने भय उनीहरूमा छ ।

यसबाहेक वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले २०८४ सालको चुनावमा अर्जुनदृष्टि नै लगाएको छ । पुराना दललाई चुनौती दिने ठानिएको रास्वपाले मिसन २०८४ अभियान नै चलाइरहेको छ । आगामी चुनाव केन्द्रित अभियान सञ्चालन गर्ने सभापति रवि लामिछाने बताउँछन् । जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाई छ ।

उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरू सधैँ तयार रहेको बताए । ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौं,’ सभापति लामिछानेले भने, ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ । विसं २०८४ मा हुने निर्वाचनमा हाम्रो पार्टी एक्लै चुनाव लड्छ । अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालको चुनावमा जुन पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने चिन्ता व्यक्त गरेका छन् । उनले सरकारमा भएको बेलामा जनताका लागि काम गर्न मन्त्रीहरूलाई आग्रह गरे । ‘हामी जुन जुन सरकारमा छौँ, ती सुशासन र भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्लै चुनाव जितिन्छ,’ उनले भने, ‘तर, सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४