Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसमा नीति महाधिवेशनको साटो महासमिति बैठक !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २७ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँगै सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । विधानअनुसार, हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवाले एक वर्षपछि (आज) २७ असारमा दिउँसो १ बजे बैठक बोलाएका थिए । बैठकअघि एजेण्डाबारे परामर्श गर्न पदाधिकारीहरुका नेताहरुलाई आफ्नो निवास धुम्बाराही बोलाएका थिए । त्यो परामर्शका आधारमा महामन्त्रीहरुसँग छलफल गरेर एजेण्डा तय गर्ने र बैठकमा पेश गर्ने तयारी थियो ।

तर परामर्श बैठकका लागि नेताहरु धुम्बाराही पुग्ने क्रम चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको निधन भएको खबर आयो । ‘गठबन्धन दलको नेता शोकमा रहेका बेला हामी चाहिँ पार्टी कार्यालय जम्मा भएर बैठक गर्नु उपयुक्त हुन्न भनेर स्थगित गरेका हौं’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । मन्त्रीहरु भोलि राष्ट्रिसभा र पर्सि प्रतिनिधिसभामा व्यस्त हुने भएकाले बैठक राखिएन । शनिबार बैठक राख्ने प्रचलन छैन, त्यसरी सार्दै जाँदा २ साउनमा पुग्यो । अघिल्लो केन्द्रीय समिति बैठक गत वर्ष २७ असारमा सुरु भएर २ साउनमै सकिएको थियो ।

नेताहरुका अनुसार, अब २ साउनको विहान सभापतिले नेताहरुसँग परामर्श गरेर बैठकको एजेण्डा तय गर्ने छन्, जसमा नीति महाधिवेशन, सदस्यता वितरण, विभाग तथा भ्रातृ संगठनको गठन, निर्वाचन समिति आदि पर्नेछ ।

महासमिति बैठकको सम्भावना

सम्भावित एजेण्डाहरु मध्ये नीति महाधिवेशनबारे बढी चासो दिइएको छ । किनकि १४ औं महाधिवेशनले घोषणा गरेको नीति महाधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । नेताहरुका अनुसार, विधानको व्यवस्था र अहिलेसम्मको अवस्था हेर्दा आगामी भदौ अन्तिम वा असोज पहिला साता महासमिति बैठक नै हुनसक्छ ।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनको क्रममा कांग्रेसले नेतृत्व मात्र चयन गरेर छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसबेला कार्यकाल सकिन लागेको नेतृत्वले बनाएको नीति पास गरेर नयाँ नेतृत्व चुन्नु उपयुक्त नभएको कांग्रेसको निष्कर्ष थियो । त्यसैले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने र तत्काल नीति महाधिवेशन गरेर ५ वर्षका लागि नीति बनाउने सहमति भएको थियो । तर १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्ष भइसक्यो, नीति महाधिवेशन भएन । विधानअनुसार महासमिति बैठक गर्न समेत ढिला भइसक्यो । किनकी विधानको दफा २० मा महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक गर्ने भनिएको छ ।

अर्कातिर, नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषय कांग्रेसले व्याख्या गरिसकेको छैन । नेतृत्व चयन बाहेक नीतिगत निर्णय गर्नेमा नेताहरु प्रष्ट छन् । महासमिति बैठक पनि सहभागी संख्या बाहेक खास फरक छैन । त्यसैले अब नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने सम्भावना बढेको नेताहरु बताउँछन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार महाधिवेशनको हलले नीति महाधिवेशन गर्ने भनेपनि यसबारे विधानमा केही बोलिएको छैन । ‘अब गर्दा नयाँ अभ्यास सुरु गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बरु विधानमा महासमिति बैठकको व्यवस्था छ । सहभागी संख्याबाहेक अरु फरक नभएकाले यसमा सहमति खोज्न सक्छौं ।’ उनका अनुसार नीति महाधिवेशन गर्ने हो भने करिब ५ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुन्छन् भने महासमिति बैठक गर्ने हो भने सहभागिता संख्या २६÷२७ सय मात्र हुनसक्छ ।

संस्थापन इतर समूहका एक पदाधिकारीले पनि छलफलका क्रममा नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने सहमति जुट्नसक्ने बताए । उनले भने, ‘महाधिवेशनको हलले गरेको निर्णयलाई के गर्ने चाहिँ भन्नुपर्छ । तर यो सहमति हुनसक्छ ।’ नेताहरुका अनुसार यसबारे २ साउनमा बैठकको एजेण्डा तय गर्ने क्रममा बोलाउने परामर्श बैठकमा पनि छलफल हुनसक्छ, केन्द्रीय कार्यसम्पादन समितिले पनि निर्णय गर्नसक्छ । तर जुन बैठक भएपनि भदौ अन्तिम वा असोज पहिलो साता हुने उनीहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४