Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुधबार बिहान बस्ने कांग्रेसका शीर्ष नेताको छलफलले बैठकमा एजेण्डा तय गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ ।

बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरुको बैठकले एजेण्डाको अन्तिम रुप दिन नसकेको एक नेताले जन प्रहारलाई बताएका छन् ।

सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डा बारे छलफल गरेका थिए ।

देउवाले पुनः बुधबार बिहान बस्ने गरि अनौपचारिक छलफल राखेका छन् । बुधबार बिहान नेताहरुको अनौपचारिक छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा थाहा हुन्छ,कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

२ महिनामा एकपटक बस्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बोलाइएको छ । बैठकमा नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता तथा कार्यअवधि, तिन तहका सरकारको कामको समीक्षा, अभियान लगायतमा छलफल हुने नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४