Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एयरपोर्ट अगाडिको होटल हिमालयन स्पाइरका सञ्चालक दम्पती नै सुन तस्करीमा संलग्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २६ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । काठमाडौंको होटल हिमालयन स्पाइरका सञ्चालक दम्पती नै सुन तस्करीमा संलग्न रहेको खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरु समेतको संलग्नतामा सुन तस्करीको हुने गरेको पत्ता लगाएको हो। सप्तरीको बलानबिहुल गाउँपालिका २ चनहिपथराहका विनोद कुमार साह र उनकी पत्नी सन्जुकुमारी साहले सुनतस्करीबाटै करोडौं रकमको कारोबार गरेको खुलेको छ।

उनीहरुले उक्त होटलसमेत सुन तस्करीकै रकमबाट किनेको प्रहरीलाई बताएको एसएसपी मनोजकुमार केसीले बताए। प्रहरीले दम्पत्तिसहित १२ जनालाई सोमबार पक्राउ गरेर सार्वजनिक गरेको छ।

धनुषाको मिथिला विहार नगरपालिका ५ ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिरहा नगरपालिका १७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको सुद्धोधन गाउँपालिका ६ बाझखोरका २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाको धनुषाधाम नगरपालिका ५ नौसयविघाका ३४ वर्षीय नरेश पंजियार, बाँकेको राप्ती सोनारी गाउँपालिका ४ बैदापुरका ३६ वर्षीय भुमबहादुर वली रहेका छन्।

यस्तै सप्तरी बलानबिहुल गाउँपालिका २ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह, विनोदकी पत्नी २५ वर्षीय सन्जुकुमारी साह, सप्तरीको बलानबिहुल गाउँपालिका ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरीको वोदे वसाइन नगरपालिका १ का २८ वर्षीय देवानन्द साह, सिराहाको लहान नगरपालिका ४ कुमहालका शिवसुन्दर राउत, सिराहाको धनगढी नगरपालिका ३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाहीको फरहदवाका ५६ वर्षीय निमाइ साह रहेका छन्।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जना, सोमबार उपत्यका प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै।

विनोद र सन्जु उक्त होटलका सञ्चालक हुन्। कतारबाट तस्करले पठाएको सुन विनोद र सन्जुले काठमाडौंमा बुझ्थे र बिक्रि गर्ने गरेका थिए। केही काठमाडौंमै बेच्ने र केही सुन शिवसुन्दर राउतलाई पठाउने गरेको खुलेको छ। सन्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँको कारोबार भएको खुलेको छ। यस्तै उनका पति विनोदको खातामा ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ ७६ पैसाको कारोबार देखिएको छ। विनोदले निमाइ साहलाई सुन बेच्ने गरेका थिए।

उनीहरुले आफ्नो कमिसन राखेर सुनबेचेको रकम शिव सुन्दर राउतको खातामा पठाउने गरेको खुलेको छ। उनको खातामा एक अर्व ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँको कारोबार देखिएको छ। शिवसुन्दरले कतारका गिरोहलाई पठाउने गरेको खुलेको छ। प्रहरीले कतारमा रहेको गिरोहको बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ। कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा निजहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्रि, घर जाने बेलामा ५ हजार काठमाडौंमा दिने भन्दै सुन पठाउने गरेको पाइएको छ।

५० ग्राम सुन बिल सहित लिएर जाउ, उक्त सुन कानुन बमोजिम लैजान पाईन्छ, काठमाण्डौको एयरपोर्टमा पुगेपछि मेरो मान्छेले रिसिभ गरेर होटलमा लैजान्छ भनि पठाउने गरेका थिए। यसरी विश्वस्त पारी निजहरूले लगाएको लुगा सहित फोटो खिची काठमाण्डौमा विनोद साहलाई पठाउने गरेका थिए। सुन तस्करी गर्ने कार्यमा संलग्न रहेका विनोद कुमार साह र निजको श्रीमती सन्जु कुमारी साहले काठमाण्डौको एयरपोर्ट अगाडि सुन संकलन गरी बिक्रि गरेर रितेश जनरल स्टोरको खातामा रकम जम्मा गर्ने गरेको खुलेको छ।

उक्त तस्करबाट आर्जित रकम रेमिट मार्फत शिवसुन्दर राउत मार्फत कतारमा पठाउने गरेको भन्ने सूचना प्राप्त । गैरकानुनी रूपमा संगठित भई भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिद बिक्रीको कारोबार गर्ने व्यक्तिहरूको बारेमा अनुसन्धान गर्दा असार २४ गते नेपाल वायु सेवा निगमको फ्लाईटबाट कतार हुँदै बिहान १० बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएका केही व्यक्तिलाई प्रहरीले निगरानी गरेको हो। प्रहरीले सानासाना परिमाणमा सुनका गरगहनाहरु ल्याउँदै गरेका छन् भन्ने सूचना प्रहरीले पहिल्यै पाइसकेको थियो। त्यसपछि विनोदका दम्पत्तिसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४