Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेद्वारा आइतबारको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

गत हप्ता सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आइरहेको ।

प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।आईतबार राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक अघि बढ्न सकेन । बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राख्नु भयो ।

उहाँले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टिकरण दिन लायक नरहेको जिकीर समेत गर्नु भयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनि प्रश्न समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका सिंहबारे लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो । यसै बिषयलाई लिएर एमालेले विरोध गर्दे प्रधानान्त्री दाहालको राजीनामा माग गरेको हो । प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार रहेको एमालेको दाबी छ ।

उता सत्ता गठबन्धनले भने एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दैमा राजीनामा दिनु नपर्ने बताउँदै आएको छ । कुनै बेलाको प्रसंगलाई लिएर बोलिएको कुरालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको गठबन्धनको दाबी छ । एमालेले राष्ट्रिय सभाका साथै प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आएको छ । एमालेले आजको बैठक अवरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४