Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८०
  • 1.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. असार २३, २०८० । ई.सं. ०८ जुलाई २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । शनिबार श्रावण कृष्णपक्ष । तिथि पञ्चमी ०५:३३ बजेसम्म, त्यसपछी षष्ठी ०३:१५ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र पूर्वभाद्रपदा ०२:२२ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा । योग सौभाग्य २३:२८ बजेसम्म, त्यसपछी शोभन । करण तैतिल ०५:३३ बजेसम्म, त्यसपछी गर १६:२३ बजेसम्म, त्यसपछी वणिज ०३:१५ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि कुम्भ । आनन्दादि योग काल । दिनमान १३:४५ । सूर्योदय ५:१६ । सूर्यास्त १९:०१ । भद्रा ३:१५ देखि । मधुश्रावणीपर्वशुरु । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|२०|५९|१५ । चन्द्र १०|२०|४९|४४ । मंगल ४|३|२१|४१ । बुध ३|०|४६|५० । बृहस्पति ०|१७|२७|४८ । शुक्र ३|२७|४२|९ । शनि १०|९|४५|५६ । राहु ०|५|२१|२५ । क्रान्ति उ २२|३२ । वेलान्तर (+)४:४१ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजाेर रहे पनि कामको चाप बढ्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। पहिलेकाे समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइ र सहयाेगीका माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ। तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सानातिना समस्यामै अल्झनुपर्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दिगाे काममा जग बसाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४