Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रवार,, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८०
  • 1.5K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. २०८० असार २२ गते, शुक्रवार, ई.सं. ७ जुलाई २०२३।  शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । शुद्ध श्रावण कृष्णपक्ष चतुर्थी तिथि, ७ः५९ बजेपछि पञ्चमी । धनिष्ठा नक्षत्र, ५ः३० बजेपछि शतभिषा।  योग विष्कम्भ ०८:२९ बजेसम्म, त्यसपछी प्रीति । करण भद्रा १०:२८ बजेसम्म, त्यसपछी वव २१:१३ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि– कुम्भ । आनन्दादि योग ध्वज । दिनमान १३:४६ । सूर्योदय ५:१५ । सूर्यास्त १९:०१ । भद्रा १०:२८ सम्म, ध.पञ्चक १८:२० देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|१९|५|३२ । चन्द्र ९|२२|११|३ । मंगल ४|२|८|३० । बुध २|२७|३|४८ । बृहस्पति ०|१७|७|२० । शुक्र ३|२६|५९|३१ । शनि १०|९|५०|५६ । राहु ०|५|२७|४७ । क्रान्ति उ २२|४४ । वेलान्तर (+)४:२५ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्य प्राप्त गर्न मुस्किल पर्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ। अवसरका लागि केही त्याग गर्नुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट प्रतिस्पर्धीहरूले लाभ उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य पनि कमजोर रहनेछ। शरीरमा आलस्य बढ्नेछ र समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मालमत्ता हराउने तथा बिग्रने र फजुल खर्च बढ्ने सम्भावना छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले पनि उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। गोप्य सूचना बाहिरिन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४