Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियूमा विवाद : स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २० २०८०
  • 2.2K
    SHARES

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले बोलाएको क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला संगठनको एक समूहले वहिष्कार गर्ने भएको छ ।

क्रान्तिकारीको असन्तुष्ट पक्षका पवन कार्कीले विज्ञप्ति निकालेर बहिष्कार गर्न आह्वान गरेका छन् । संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर तेस्रो राष्ट्रि्य भेला गर्न लागिएको छ ।

भेला बुधबार र बिहीबार (असार २० र २१) लागि बोलाइएको छ । संगठनको आधिकारिक अध्यक्ष पञ्चा सिंहले बोलाएको भेलाविरुद्ध कार्की पक्ष उभिएको छ ।

‘ नेता कार्यकर्ताहरुले आफ्नै बलबुतामा जिताएको स्ववियु लाई आफ्नो स्वार्थ पूर्तिका लागी क्रान्तिकारी स्ववियु काउन्सिलको भेला भनी आम नेता कार्यकर्ताहरुमा भ्रमको खेती गरिरहेको देखिन्छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचित प्रतिनिधिहरूलाई विवादित बनाउन गर्न लागिएको भेला बहिष्कार गर्न उनले आह्वान गरेका छन् । कार्की पक्षले भेलालाई स्वार्थ समूहको कार्य भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४