Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २० २०८०
  • 1.5K
    SHARES

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।

बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेको पनि सडक विभागले गरेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ ।

आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४