Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।

पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘पुरानो पाठ्यक्रम अनुसार पढाइ भएको अन्तिम शैक्षिक सत्र भएकाले नतिजा पनि पुरानै ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने नै थियो । खाली विधि पुर्‍याउनका लागि मात्र निर्णय भएको हो’ उनले भने ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा अंक ल्याउन ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ ।

तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष शर्माले बताए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४