Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डरलाग्दो तथ्य खुलासा : १०.७ प्रतिशतले खुम्चियो मानिसको मस्तिष्क


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 1.3K
    SHARES

मानिसको मस्तिष्क लगातार साँघुरिंदै अर्थात् खुम्चिँदै गएको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको कारक तत्वचाहिं जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड वैज्ञानिकहरुसँग छ ।

क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरे । उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ ।

शोधकर्ताका अनुसार जसरी अहिले विश्वभर जलवायुमा परिवर्तन आइरहेको छ र तापमानमा वृद्धि भैरहेको छ यस्तोमा मानिसको मस्तिष्कमा पर्ने जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सहज छैन । यद्यपि अध्ययनबाट के पुष्टि भएको छ भने जलवायु परिवर्तनसँगै मानिसको मस्तिष्क खुम्चिँदै गएको छ र सानो भैरहेको छ । यसले मानिसको व्यवहारमा पनि असर परिरहेको छ ।

अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ
अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए । जुन मानिसका मस्तिष्कका पुरानो जिवाश्महरु थिए । ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो । मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका छन् ।

शोधकर्ताले यस अवधिको विश्वव्यापी तापमान, आद्रता तथा वर्षाको आँकडाको पनि अध्ययन गरेका थिए । त्यसक्रममा के देखियो भने जब जलवायुमा परिवर्तन आएर गर्मी बढ्दछ तब मानिसको दिमागको औसत आकार घट्न थाल्दछ । जबकि चिसो मौसममाचाहिं मस्तिष्कको आकार बढ्दछ ।

जेफका अनुसार कतिपय प्रजातिका जीवहरुको मस्तिष्कको आकार भने पछिल्ला केही लाख वर्षयता बढिरहेको छ । मानिसको हकमा भने त्यसको उल्टो भएको छ ।

अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए । यसबाट उनले चारवटा अलग अलग समयको अलगत अलग मौसमको हिसाब गर्दै त्यसको हिसाबले मस्तिष्कको आकारको विश्लेषण गरे ।

मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट लिइएको थियो । यो परियोजनाले ८ लाख वर्ष पहिलेसम्मको पृथ्वीको सतहको तापक्रमको रेकर्ड राख्दछ ।

पछिल्लो ५० हजार वर्ष ग्लेसियल मेक्सिमम भनिने अवधि थियो । जसका कारण पृथ्वीको औसत तापमान चिसो रह्यो । त्यसपछि आएको होलोसिन अर्थात् आधुनिक मानिसको संसारमा तापमान बढ्न सुरु गर्‍यो ।

होलोसिनको सुरुआत अर्थात् करिब १२ जार वर्षअघिदेखि अहिलेसम्म मानिसको मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

शोधकर्ता जेफका अनुसार अन्तिम ग्लेसियल मेक्सिमम १७ हजार वर्ष अघिदेखिबाट सुरु भएको थियो । त्यसपछि चाहिं तापक्रम लगातार बढिरहेको छ र मौसम पनि परिवर्तन भैरहेको छ । यसका कारण मानिसको मस्तिष्क पनि सानो हुँदै गएको छ ।

मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ । यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो । विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ ।

लामो समयमा यसको असर मानिसको दिमागमा पर्नेछ र मस्तिष्कको आकार अझै सानो हुनेछ । मस्तिष्कको आकार घट्नुको असर मानिसको शरीरमा तथा व्यवहारमा पनि पर्ने पक्का छ । तर त्यसबाट कस्तो असर पर्दछ भन्ने कुरा चाहिं थप अध्ययनको विषय नै रहेको छ ।

सेफ भन्छन्- मेरो अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४